काठमाडौ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा ‘जेनजी आन्दोलन’मा कुटिएर घाइते भएपछि ३४ दिनदेखि सार्वजनिक कार्यक्रममा्टबाट टाढा रहँदै आएका थिए। आजको बैठकमार्फत उनी पहिलो पटक पार्टी नेताहरूमाझ देखा पर्नेछन्। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुने गरी तयारी गरिएको छ। केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू,…