कांग्रेस नेताहरूको निष्कर्ष : सरकार प्रभावकारी हुन सकेन, पार्टी महाधिवेशनमा जोड

काठमाडौं  । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेताहरूले वर्तमान सरकार अपेक्षाकृत बलियो र प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन्। आइतबार कुलेश्वरस्थित पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेको देउवा टिमका दोस्रो तहका प्रभावशाली नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो। दिउँसो २ बजेदेखि साढे ४ बजेसम्म चलेको बैठकमा सरकारको प्रभावकारिता, पार्टीको आगामी महाधिवेशन, र व्यवस्थामाथि भ्रम…