काठमाडौं -क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली आइतवार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले ३ वटा अभ्यास खेल खेल्ने छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ ।…