काठमाडौ । सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध सवा नौ महिनापछि फुकुवा गरेको छ । सर्तसहित टिकटक खोल्न दिने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन सञ्चार मन्त्रालयले पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । तर, टिकटक…