मन्त्रीलाई भेटेर बालेनकाे चेतावनी : तपाईंहरूले कारबाही नगरे अस्पताल प्रशासन बन्द गर्छाैँ

काठमाडौँ । काठमाडौँ महानगरपलिकाका मेयर बलेन्द्र शाह ‘बालेन’ले कानुनबमोजिम निःशुल्क उपचार नगर्ने महानगरभित्रका ६८ अस्पताललाई कारबाही गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । स्वास्थ तथा जनसंख्यामन्त्री महोनबहादुर बस्नेतलाई भेटेर मेयर बालेनले ध्यानाकर्षण गराएका हुन् । महानगरभित्र सञ्चालित सबै अस्पतालले विपन्न एवं लक्षित वर्गका नागरिकलाई कुल शैयाको १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउन महानगरपालिकाले…