घरेलु मैदानमै चुक्यो महिला क्रिकेट, सिनियर खेलाडीको कमजोर प्रदर्शन

काठमाडौं । घरेलु मैदानमा सम्पन्न महिला त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको कमजोर प्रदर्शन रहेको छ । आफ्ना सबै ६ खेलमा हार बेहोरेर नेपाली महिला क्रिकेट टिमका कमजोरी बाहिर आएका छन् भने टिममा व्यापक सुधार आवश्यक रहेको देखिएको छ । नेपालले खेलका सबै पक्ष ब्याटिंग, बलिङ र फिल्डिङमा कमजोरी देखियो भने खेल कसरी जित्ने भन्ने आत्मविश्वास…