काठमाडौं -तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकी दोलखाकी ५० वर्षीय पार्वती काफ्लेको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आफैँ अनियन्त्रित भई आइतबार राति…