काठमाडौं– जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाको सुरक्षा घेरामा बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा आफ्नो नेतृत्वप्रति विश्वासको प्रस्ताव र असन्तुष्ट नेताहरूमाथि कारबाहीको प्रस्ताव ल्याउन खोजेका थिए। तर, बैठकको माहोलले ती प्रस्ताव नै ल्याउन सकिएन। पार्टीभित्रैबाट बढेको दबाबले ओलीलाई कठिन अवस्थामा पुर्याएको छ। एमाले सचिवालयका एक नेताका अनुसार,…