काठमाडौ । दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यविरुद्ध समेत मुद्दा दायर भएको छ । आपराधिक कामबाट आर्जन गरेको सम्पत्ति परिवारको नाममा भेटिएपछि मुद्दा दायर भएको हो । काभ्रे मण्डनदेउपुर– ८ का २४ वर्षीय अनिल ढुंगानालाई तीन महिनाअघि प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान गर्दा उनले सम्पत्ति शुद्धीकरणसमेत गरेको पुष्टि…