हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार सो अवधिसम्ममा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड…