टीआरसीमा प्रमुख दलहरूबीच सहमति

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रमुख दलहरूबीच सहमति जुटेको छ । बिहीबार सिंहदरवारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित रहेका चार बुँदामा सहमति गरेको हो । कार्यदलका सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तीन दलका कार्यदलबिच सहमति भएको र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने बताए । नेता शर्माले विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुङ्ग्याइएको…