घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काभ्रेपलाञ्चोक।   बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन। स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन्। यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै…