पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता,बुहारीले भागेर ज्यान जोगाइन्

पर्वत । गए राति पर्वतमा पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता भएका छन् । घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए…