सिरहा । सिरहामा महायज्ञका नाममा दलित परिवारमाथि ज्यादती गरिएको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेका छन् । उनीसँगै पूर्ववडाध्यक्ष दिलीप यादवलाई पनि प्रहरी पक्राउ गरेको छ ।उनीहरूलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिइएको मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताए…