संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर, बहुमतले रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ र २०७८ असार १० मा विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ। न्यायाधीशहरूबीच राय बाझिएपछि बहुमतको फैसलाले रिट खारेज भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले रिट जारी गर्नुपर्ने पक्षमा रहे…