सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि

काठमाडौं– नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका हुन्। उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको जिकिर…