खेलाडी गिज्याउने खेल पूर्वाधार

बागलुङ । क्रङ्क्रिटको ५० मिटरको पर्खालबाट छरपष्ट निस्किएका रडमा खिया लाग्न थालेका छन् । पर्खाल वरपरको क्षेत्र झाडीले पुरिएको छ । पाँच वर्षअघि निर्माण हुँदाहँुदै बीचमै रोकिएको बागलुङको बाङ्गेचौर खेल मैदानको पूर्वाधारले खेल क्षेत्रलाई गिज्याइरहेको छ । रङ्गशाला विस्तार गर्न हाल भइरहेको खेल मैदानभन्दा ५० मिटर तल क्रङ्क्रिटको पर्खाल लगाउन थालिए पनि बीचमै अलपत्र पर्दा…