लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो ५ वर्षमा ८११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण अनुसार १ हजार ६८ किलोमिटर सडक ग्राभेल र १ हजार ९६४ किलोमिटर सडक कच्ची छ ।…