पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् । केही बेरअघि हातमा फाइल बोकेर दुई प्रहरी अधिकारी अदालत पसेपछि कौतुहल बढेको छ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि पक्राउ पुर्जी जारी हुने हल्लाका बीच उनीहरूको अदालतमा इन्ट्री भएको हो ।…