काठमाडौं– दशैंमा हेटौंडास्थित मामाघर पुगेर होटलमा बास बसेका काठमाडौं चाबहिलका एक व्यक्ति मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौं महानगरपालिका–७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेका हुन्। उनी असोज २७ गतेदेखि होटलमा ४०५ नम्बर रुममा बस्दै आएका थिए। शुक्रबार साथीहरुले फोन…