युवकले भाउजूको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

खोटाङ । बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए। डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ।…