काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने प्रयास भएपछि पार्टीभित्र विवाद चर्किएको छ। संस्थापन पक्षले सार्वजनिक कार्यतालिकामा परिवर्तन गर्न खोजेपछि महामन्त्री गगन थापाले नियमित महाधिवेशन नहुने अवस्था आए तत्काल विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग राखेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा महामन्त्री थापाले यो माग अघि सारेका हुन्। उनले कार्यतालिका अनुसार नियमित महाधिवेशन…