काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ अघि बढ्ने बताएका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको एकता र आगामी कार्यदिशाबारे स्पष्ट संकल्पसहित बाहिरिने बताए। पछिल्लो समय सञ्चारमाध्यममा एमाले फुट्ने, नयाँ अध्यक्ष र महासचिव बन्ने तथा पार्टी विभाजनका…