कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीमा ड्रोनसहित सेना परिचालन

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी तथा त्यसमा सवार यात्रुहरूको खोजी कार्यलाई तीव्र पारिएको छ । नेपाली सेनाका अनुसार दुर्घटनापछि बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि ड्रोन प्रविधिसमेत प्रयोग गरिएको छ । खोजी अभियानमा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाहरूको समेत…