जरिवानाको विषयमा विवादपछि चालकद्वारा आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा आज रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच तीव्र विवाद भएको खुलेको छ। जरिवाना चिट काट्ने विषयमा विवाद हुँदा काभ्रेका २५ वर्षीय बस चालक दावा लामाले आफ्नै बसभित्र आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। आगलागीबाट गम्भीर घाइते भएका चालक लामाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।…