काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेक भएको भन्दै निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको प्रतिक्रिया आएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका…