जनताको प्रश्न सुन्न नसक्नु सत्ताको चरम कायरता हो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी अभियन्तालाई पक्राउ गरिएकोमा विरोध जनाएका छन्। सभापति थापाले सामाजिक सञ्जालमार्फत आफनो भनाइ राख्दै जेनजी अभियन्तालाई पक्राउ गर्नु निन्दनीय भएको बताएका छन्। उनले भनेका छन्, ‘कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु…