काठमाडौँ । अछामको साँफेबगर घर भएका धनकुमारी चौधरी र गगनबहादुर कडायत पति–पत्नी हुन् । यी दम्पती ६ वर्षका छोरालाई साथैमा लिएर तातो घाममा बिनाछाता पसिना चुहाउँदै आन्दोलनमा नारा लगाउँदै हिँड्दै थिए । गगनबहादुर कडायत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको बत्सला आधारभूत विद्यालयका स्थायी शिक्षक हुन् भने धनकुमारी चौधरी सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका–१० स्थित सरस्वती आधारभूत विद्यालयको राहत…