कैलाली। कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका चार किशोरको शव फेला परेको छ। मृतकहरूमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, सात जनाको समूहमा नुहाउन गएका उनीहरू…