बझाङ । मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा प्रहरी कार्यालय र स्कुलका भवनसहित केही घर भत्किएका छन्। कपाली खोलामा पहिरो जाँदा जयपृथ्वि राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म ५ जना घाइते भएको जानकारी आएको बझाङ प्रहरीले जनाएको छ। प्रहरी कार्यालयको पर्खाल भत्किएको छ, भने बाल विकास माविमा पनि क्षति पुगेको छ। विद्यालय समयमा भूकम्प आउँदा विद्यार्थीहरू भागाभाग…