काठमाडौँ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँमा मनाइँदै गरेको इन्द्रजात्रामा सहभागी हुन वसन्तपुरको जुद्धशम्शेरको शालिक छेवैमा गाडीबाट ओर्लिए । काठमाडौँका मेयर बालेन्द्र शाहकै अडानमा राष्ट्रपति त्यहाँदेखि वसन्तपुर दरबारसम्म हिँडेरै जानुपर्ने थियो । त्यसका लागि पौडेललाई स्वागत गर्न पुगिन् काठमाडौँकी उपप्रमुख सुनिता डंगोल । उनैले राष्ट्रपतिको स्वागत गरिन् र राष्ट्रपतिसँगै कदममा कदम मिलाउँदै अघि बढिन् ।…