बालुवाटारमा सुरू भयो शीर्ष नेता र कार्यदलको बैठक

काठमाडौ । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्ने संसदीय समितिको कार्यादेश तय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता छलफलमा जुटेका छन्। बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र…