सल्यानमा बस दुर्घटना : चालकसहित १४ जना घाइते

बुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा  रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।…