काठमाडौं — डॉ. शेखर कोइराला ले देशको समसामयिक अवस्था र नेपाली कांग्रेस भित्रको पछिल्लो परिस्थितिबारे बुद्धिजीवीहरूसँग विस्तृत छलफल गर्नुभएको छ। उहाँको सम्पर्क कार्यालय बिशालनगरमा आयोजित उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डॉ. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डॉ. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डॉ. उद्धव…