काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किँदै गएपछि नेता डा। शेखर कोइरालाले आफू निकट नेताहरूसँग छलफल गरेका छन्। काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति लगायतसँग विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा छलफल गरिएको हो। छलफलमा पार्टीभित्र देखिएको वर्तमान संकटको समुचित निकास के हुन सक्छ भन्नेबारे कोइरालाले नेताहरूको सुझाव मागेका थिए। कोइराला सचिवालयका…