३८ लाख खर्च, सालझण्डी हाटबजार जंगलमा परिणत

बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–१० पानबारीमा ३८ लाख रुपैयाँको लगानीमा निर्माण भएको सालझण्डी हाटबजार चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेर जंगलमा परिणत भएको छ। पूर्व–पश्चिम राजमार्गबाट करिब ३०० मिटर पश्चिममा अवस्थित यो हाटबजारमा १८ वटा सेड, सुविधायुक्त शौचालय र सडक स्तरउन्नति गरिएको भए पनि व्यापारीहरूको उदासीनताले प्रयोगविहीन बनेको हो। सैनामैना–१० का वडाध्यक्ष कृष्णप्रसाद पोख्रेलका अनुसार,…