पोखराकी सिर्जनालाई हत्या भाञ्जा पर्नेले गरेको खुलासा

पोखरा। पोखरा महानगरपालिका–८, सभागृहचोकमा बुधबार एक महिलाको खुँडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै पोखरा–५ बस्ने सिर्जना पौडेल केसीको हत्या पारिवारिक कलहका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीका अनुसार हत्यामा संलग्न भाञ्जा नाता पर्ने २७…