सिन्धुलीमा बिपी राजमार्गमा माइक्रोबस र बस ठोक्किँदा १० जना घाइते

सिन्धुली । बिपी राजमार्गको सुनकोशी गाउँपालिका–५ साइटारमा सोमबार दिउँसो माइक्रोबस र बस एकापसमा भीषण टक्कर हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । काठमाडौँबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँ फर्किँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी…