काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गर्नुभएको छ। मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भण्डारीले आफ्नो लामो समयको योगदान र एमालेप्रति प्रतिबद्धता दोहोर्याउँदै पार्टीमा सक्रिय भूमिका खोजेको बताउनुभयो। भण्डारीको यो कदम ओलीले जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनमा दिएको…