काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनबारे निर्णय लिन नेपाली कांग्रेसको सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा नेविसंघको तदर्थ समितिलाई महाधिवेशनको जिम्मा दिने वा नयाँ समिति बनाउने विषयमा छलफल भएको थियो। तर, महाधिवेशन निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर अनुपस्थित भएपछि कुनै निर्णय हुन सकेन। बैठकमा सभापति…