भ्रष्टाचारकाे पराकाष्ठा : शौचालय निर्माणमै १२ लाखबढी अनियमितता, अख्तियारले हाल्याे मुद्दा

काठमाडौं । शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दामा प्रतिवादी बनाइएकाहरुमा तामाकोसी गाउँपालिकाका…