नगरपालिकाले पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने

इलाम । इलामको सूर्योदय नगरपालिकाले किसानलाई पशुपक्षी र बाली बीमामा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरले कार्यविधि समेत तयार गरेको छ । नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए । अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक…