३४ पृष्ठको राहदानीका लागि आवेदन सुरु

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ । विभागका अनुसार हिजो सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन । गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजोबाट आवेदन दिन सुरू गरेका हुन् ।