भदौ २६मा आइफोन १५ लन्च हुने, कति छ दाम ?

काठमाडौं । विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर) मा आइफोन १५ सार्वजनिक गर्दैछ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ। यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न सकिनेछ। एप्पलले यसअघिदेखि नै एप्पल इभेन्टमा आफ्ना विभिन्न प्रोडक्टहरू…