शान्ति र आनन्द चाहनुहुन्छ ? लुम्बिनी घुम्न जाऔँ

लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी…