प्राइम बैंकका ग्राहकको खाता नम्बर २० अंकका हुने

काठमाडौं । प्राइम कमर्शियल बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन हुने भएको छ। बैंकले हाल १० अंक र अक्षरमा रहेको खाता नम्बर परिवर्तन गरी भदौ २३ गते शनिवारदेखि २० अंकको कायम गरिने जनाएको हो। नयाँ खाताको कारोबारहरू ग्राहकसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने तथा मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका…