सुनको भाउ इतिहासकै महङ्गो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा २ हजारले बढेर १ लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ १ लाख २३ हजार पुगेको थियो । आज तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ…