डोल्पा । देशको सबैभन्दा गहिरो ताल हो, शे–फोक्सुण्डो । डोल्पाको शे–फोक्सुण्डोलाई कर्णालीकै प्रदेशकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । समुद्री सतहबाट ११ हजार ८०० फिट उचाइमा रहेको शे–फोक्सुण्डोको गहिराइ ६५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल मौसम अनुसार फरक–फरक रंगमा सजिन्छ । वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । फागुनदेखि असारसम्म र असोजदेखि…