बागलुङ महोत्सवमा ‘बागलुङ ब्राण्ड’ : राेजाइमा गाउँका मौलिक उत्पादन

बागलुङ । बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको मुख्य मञ्चको दायाँतर्फका प्रदर्शनी कक्ष भरिभराउ छन् । महोत्सवमा पुग्ने अधिकांश त्यहाँ पुग्छन् । ‘बागलुङ ब्राण्ड’ नाम दिइएको कक्षमा जिल्लामा उत्पादन हुने हरेक वस्तुहरुको प्रदर्शनीका लागि राखिएका छन् ।…