नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

काठमाडौँ । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो । मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।