ग्लोबल आइएमई बैंककाे ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वर्ष प्रवेशको अवसर पारेर ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । जसअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । शिविरमा स्त्रीरोगविज्ञहरूले स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका स्त्रीरोगसम्बन्धी विभिन्न…