महिला समूहले सञ्चालनमा ल्याए दुनाटपरी उद्योग

बागलुङ । बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ। साल तथा कटुसका पातलाई बाँसका सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको हो। वनमा खेर गइरहेको सालका पात सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर…