दूधको उचित मूल्य नपाउँदा किसान मारमा

घोराही । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन्। उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन्। यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए । उनले प्रति लिटर दूध रु ७० देखी रु ७५ सम्ममा बिक्री गर्ने गर्छन् ।…