नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटको सिख्रौलीबाट पर्यटकका लागि नारायणी नदीमा डुङ्गा सफारी सुरु भएको छ । गैँडाकोट–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले जिल्लाको सिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटर डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जको बगैँचा एड्भेन्चर रिसोर्टले एक…